नाइन स्टार फुटबल : शुक्रबार तीन खेल सम्पन्न

कतारमा जारि प्रथम नाइन स्टार फुटबल प्रतियोगितामा निकै रोमाञ्चक बनेका छ ।
शुक्रबार भएको पहिलो खेलमा सालिक तालाबत एफसी र सिएफसी ब्लुबीच कडा प्रतिस्पर्धा भयो। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्ने दुवै टोलीबीच गोलको आदानप्रदान भए पनि अन्ततः सिएफसी ब्लुले २–१ को अन्तरमा विजय हासिल गर्यो। विजयी टोलीका लागि हिक्मान लिम्बु र उमेश कार्कीले गोल गरे भने सालिक तालाबतका खेलाडीले एक मात्र गोल फर्काए। शानदार प्रदर्शन गर्ने हिक्मान लिम्बु म्यान अफ द म्याच घोषित भए। यस जितसँगै सिएफसी ब्लु प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
दोस्रो खेलमा पेट्रो एफसी र सिएफसी रेड आमनेसामने भए। खेलभरि पेट्रो एफसीले चुनौतीपूर्ण प्रदर्शन गरे पनि अन्ततः सिएफसी रेड २–१ ले विजयी रह्यो। विजयी टोलीका लागि सागर राई र विवस राईले गोल गरे भने पेट्रोका गणेश हेमरुमले एक मात्र गोल फर्काए। उत्कृष्ट खेल प्रस्तुत गर्ने सागर राई म्यान अफ द म्याच बने। यस नतिजासँगै सिएफसी रेड पनि प्रि–क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भयो।
तेस्रो खेलमा आयोजक टोली नाइन स्टार ब्लु र सीसीसीएनपी एफसी भिडे। आयोजक टोलीले सुरुदेखि नै दवाबपूर्ण खेल खेलेर ३–० को सहज जित हात पार्यो। आयोजक टोलीका लागि मनोज परियार, नाम्साम लिम्बु र मेशाम लिम्बुले गोल गरे। उत्कृष्ट प्रदर्शन गर्ने मनोज परियार म्यान अफ द म्याच घोषित भए। यससँगै आयोजक नाइन स्टार ब्लु प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताका यी नतिजासँगै उपाधि यात्रातर्फको संघर्ष अझ रोमाञ्चक बन्दै गएको छ। विजयी टोलीहरू अब अझ कडा प्रतिस्पर्धा गर्दै उपाधि जित्नतर्फ अघि बढ्ने निश्चित भएको छ।