नाइनस्टार फुटबल : सेमिफाइनल खेल्ने ४ वटै टिमको टुंगो लाग्यो

कतारमा जारी नाइनस्टार नकआउट फुटबल प्रतियोगितामा सेमिफाइनल खेल्ने टिमहरुको टुंगो लागेको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नाइन स्टार एफसी (सेतो) लाई न्यु स्टार एफसीले २-१ को गोल अन्तरले हराएको छ ।

नाइन स्टारका कप्तान प्रविन राईले एक गोल गरे पनि न्यु स्टारको तर्फबाट मान बा. तामाङ र सञ्जीव श्रेष्ठले गोल गर्दै टिमलाई जित दिलाए। यससँगै न्यु स्टार एफसी सेमीफाइनलमा प्रवेश गरेको छ।

दोस्रो खेलमा सिएफसी ब्लु र नेपाली एफसी रस्लाफानबीच सामना भयो। उक्त खेलमा सिएफसी ब्लुले उत्कृष्ट प्रदर्शन गर्दै ८-० को विशाल जित निकाल्यो।
सिएफसी ब्लुका तर्फबाट उमेश कार्कीले १,हिक्मेन लिम्बुले ४,केशब बि.के,आयुष बुढाथोकी र करन लामाले १-१ गोल गरेका थिए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका हिक्मेन लिम्बु ‘म्यान अफ द म्याच’ घोषित भए। यस जितसँगै सिएफसी ब्लु पनि सेमीफाइनलमा प्रवेश गरेको छ।

शुक्रबारनै भएको तेस्रो खेलमा अलखोर बोइजलाई१-० ले हराउँदै सिएफसी रेड प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सिएफसी रेडका तर्फबाट सागर राईले निर्णायक गोल गरे भने अमर थापा ‘म्यान अफ द म्याच’ बने।

यसअघि नाइनस्टार ब्लु सेमिफाइनल प्रवेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button