रमदान महिना शनिबार देखि सुरु हुने


इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना आउँदो शनिबार मे २७ तारिख देखि सुरु हुने भएको छ।कतार क्यालेन्डर हाउसले हिजो एक प्रेस वतब्य जारी गर्दै रमदान १४३८ एच महिना शनिबार देखि सुरु हुने जानकारी दिएको हो।
क्यालेन्डर हाउसको खगोलिय हिसाब अनुसार रमदान १४३८ महिनाको अर्ध चन्द्रमा बिहीबार मे २५ तारिख कतारको समय राती १०:४६ मा उदाउँनेछ।तसर्थ श’बान महिना शुक्रबार सकिने र रमदान महिना शनिबार देखि सुरु हुने खगोलविद डा.बेशिरमर्जौक र कतार क्यालेन्डर हाउसका प्रमुख मो.अल अन्सारीले जानकारी दिनु भएको छ।
वर्तको समय
यो वर्ष कतारमा रमदान महिनाको वर्तको समय १५ घन्टा २ मिनेट देखि १५ घन्टा १६ मिनेट सम्मको अवधि बिच रहनेछ।त्यस्तै हरेक दिन फज्र प्राथना र सुर्य अस्ताउने समय बदलिने हुँदा वर्तको समय पनि फरक रहनेछ।
रमदानको पहिलो दिन मे २७ मा वर्तको न्युन अवधि १५ घन्टा २ मिनेटको रहनेछ भने सबैभन्दा बढी १५ घन्टा १६ मिनेटको अवधि जुन २०,२१ र २४ तारिख रहनेछ।साउदीको मक्काहमा भने कतारको समय अवधि भन्दा केही कम रहनेछ।त्याहाँ वर्तको समय अवधि १४ घन्टा ४५ मिनेट र १४ घन्टा ५५ मिनेट बिच रहनेछ।