नाइन स्टार ब्लु र सिएफसी रेड फाइनलमा भिड्ने

कतारमा जारी प्रथम नाइनस्टार नकआउट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । उपाधिको लागि आयोजक नाइन स्टार ब्लु र सिएफसी रेड फाइनलमा भिड्ने तय भएको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा आयोजक निलोले सिएफसी ब्लुलाई पेनाल्टीमा ४–३ ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ। खेलको म्यान अफ द म्याच नाइन स्टार ब्लुका विजय गुरुङ बने।
त्यसैगरी दोस्रो सेमिफाइनलमा सिएफसी रेडले न्यू स्टार एफसीलाई २–१ ले हराउँदै उपाधि यात्रालाई सुनिश्चित गर्यो।
सिएफसी रेडका लागि दिपेन मगर र बिवस राईले गोल गरेका थिए भने न्यू स्टारका लागि संजीव श्रेष्ठ ले एक गोल फर्काएका थिए। खेलको म्यान अफ द म्याच दिपेन मगर घोषित भए।
अक्टोबर ३ मा अब उपाधिका लागि नाइन स्टार ब्लु र सिएफसी रेड बीच प्रतिक्षित टक्कर हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
2
खुसी लाग्यो
1
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो