फिफा अरब कप कतार २०२५ का लागि टिकट बिक्री सुरु

दोहा, सेप्टेम्बर ३० — कतारमा आगामी डिसेम्बरमा हुने FIFA अरब कप 2025 का लागि टिकट बिक्री आज दिउँसो ३ बजे (दोहा समयानुसार)देखि सुरु भएको छ। टिकटहरू आधिकारिक वेबसाइट www.roadtoqatar.qa मार्फत खरिद गर्न सकिनेछन्।
आयोजक समितिका अनुसार टिकटको मूल्य QR२५ बाट सुरु हुनेछ। दर्शकहरूको सुविधालाई ध्यानमा राख्दै “Follow My Team” टिकट विकल्प उपलब्ध गराइएको छ, जसअन्तर्गत समर्थकले आफ्नो रोजेको टोलीका सबै खेलहरू हेर्न सक्नेछन्। सबै टिकटहरू डिजिटल स्वरूपमा उपलब्ध हुनेछन् भने अशक्तता भएका व्यक्तिहरूका लागि विशेष पहुँचयुक्त सीटहरू समेत सुनिश्चित गरिएको छ।
खेल तालिका र स्थल :
प्रतियोगिताको उद्घाटन खेल 1 डिसेम्बरमा अल बायत स्टेडियममा हुनेछ, जहाँ आयोजक कतारले छनोट चरण पार गर्ने टोलीसँग भिड्नेछ।
फाइनल खेल भने १८ डिसेम्बरमा लुसैल स्टेडियममा आयोजना हुनेछ।
अन्य खेलहरू अहमद बिन अली स्टेडियम, एज्युकेशन सिटी स्टेडियम, खलिफा अन्तर्राष्ट्रिय स्टेडियम र स्टेडियम 974 मा हुनेछन्।
टोली छनोट :
यो संस्करणमा कुल १६ टोली सहभागी हुनेछन्।
शीर्ष ९ टोली प्रत्यक्ष छनोट भएका छन्।
बाँकी ७ स्थानका लागि १४ टोलीले २५–२६ नोभेम्बरमा कतारमा हुने छनोट खेलहरू मार्फत प्रतिस्पर्धा गर्नेछन्। यस चरणका टिकटको मूल्य QR१५ बाट सुरु हुनेछ।
अन्य प्रमुख प्रतियोगिता
कतारले यसअघि घोषणा गरिसकेको अन्य ठूला प्रतियोगितामा:FIFA U-17 विश्वकप कतार 2025 (3–27 नोभेम्बर)
FIFA अन्तरमहाद्वीपीय कप 2025 (10, 13 र 17 डिसेम्बर)
यस्ता श्रृंखलाबद्ध अन्तर्राष्ट्रिय प्रतियोगिताले कतारलाई पुनः विश्व खेलकुदको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।