नेपाल पुनर्निर्माण कोषमा योगदान गर्न दूतावासको आग्रह

दोहा, कतार । कतारस्थित नेपाली राजदूतावासले हालै नेपालमा भएको जन-जी आन्दोलनका कारण भौतिक पूर्वाधारमा पुगेको क्षति पुनर्निर्माणका लागि नेपाली समुदायलाई योगदान गर्न आह्वान गरेको छ।

नेपाल सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरी राजधानीदेखि देशका विभिन्न स्थानमा भएको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आर्थिक पुनर्स्थापना र राहत कार्य अघि बढाउने तयारी गरेको छ। यस अभियानमा साथ दिन दूतावासले कतार तथा इरानमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा गैर-आवासीय नेपालीलाई आफ्नो तर्फबाट योगदान गर्न अनुरोध गरेको हो।

कोषमा रकम जम्मा गर्ने विवरण : 

खाताको नाम: Physical Infrastructure Reconstruction Fund
बैंकको नाम: Rastriya Banijaya Bank, Singadarbar Kathmandu
खाता नम्बर: 1960100102070004
SWIFT Code: RBBANPKA

योगदान रकम प्रत्यक्ष बैंक खातामा वा QR कोड स्क्यान गरी जम्मा गर्न सकिने व्यवस्था गरिएको दूतावासले जनाएको छ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, “राष्ट्र पुनर्निर्माणको महान् अभियानमा सम्पूर्ण नेपाली समुदायको सहकार्य आवश्यक छ। तपाईंहरूको सानो सहयोगले ठूलो प्रभाव पार्नेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
43
मनपर्‍यो
खुसी लाग्यो
10
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
5
रुन मन लाग्यो
हाँसो लाग्यो
4
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
Back to top button