आयोजक निलोले जित्यो नकआउट फुटबल प्रतियोगिताको उपाधि

प्रथम नाइनस्टार नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक निलोले हात पारेको छ ।
शुक्रबार सम्पन्न रोमाञ्चक फाइनल प्रतिस्पर्धामा नाइन स्टार निलोले सिएफसी रातोलाई १–० पराजित गर्दै प्रतियोगिताको विजेता बन्न सफल भएको छ । खेलको निर्णायक गोल मनोज परियारले गरेका थिए।
विजेता नाइन स्टारले ४,४४४ कतारी रियाल पुरस्कार प्राप्त गर्यो भने उपविजेता सिएफसीले २,२२२ कतारी रियाल पुरस्कार हात पार्यो।
खेलको म्यान अफ द म्याच नाइन स्टार एफसीका गणेश थापा घोषित भए। उत्कृष्ट रक्षकको उपाधि पनि सोही टिमका अजय मण्डलले प्राप्त गरे भने उत्कृष्ट गोलरक्षकको पुरस्कार सुजन धमालालाई प्रदान गरियो।
सर्वाधिक गोलकर्ता सिएफसी (निलो)का हिक्मेन लिम्बु घोषित भए। उत्कृष्ट प्रशिक्षकको सम्मान सिएफसी (रातो)का दीपक सोनारले पाए। उत्कृष्ट खेलाडीको उपाधि नाइन स्टार एफसी (नीलो)का कप्तान विनोद गुरुङले जिते।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि थकाली रेष्टुरेन्टका रमेश लामाको हातबाट सम्पन्न भएको थियो।