विश्वकप-२०२६ का लागि कतार छनौट

कतारले आफ्नो घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) माथि २–१ को जित निकालेर २०२६ को फिफा विश्वकपका लागि छनौट भएको छ।

जस्सिम बिन हमाद रंगशालामा हिजो राती भएको खेलको दोस्रो हाफ सुरु भएको चार मिनेटमै, कतारका बुलेम खौकीले कप्तान आक्रम अफिफको फ्री किकलाई हेडरमा रुपान्तरण गर्दै अग्रता दिलाएका थिए।

त्यसपछि, खेलको ७४ औँ मिनेटमा अफिफकै अर्को फ्री किकलाई पेद्रो मिगुएलले हेडर गर्दै अग्रता दोब्बर बनाए।

खेलको अन्त्यतिर, इन्जुरी समयको नौ मिनेटमा यूएईका सुल्तान आदिलले सान्त्वना गोल फर्काएका थिए । खेलको दौरान युएईका दर्शक र कतारी खेलाडीहरु बिच हात हालाहाल समेत भएको थियो ।

यस ऐतिहासिक जित संगै कतार प्रतिस्पर्धाको आधारमा पहिलोपटक विश्वकपमा छनौट भएको हो । यसअघि २०२२ को विश्वकपको लागि आयोजकको हैसियतमा कतारले स्वत प्रवेश पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
16
मनपर्‍यो
खुसी लाग्यो
39
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
5
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button