अमिर जापान भ्रमणमा

अमिर शेख तमिम बिन हमाद अल थानी हिजो जापान प्रस्थान गर्नुभएको छ । राजधानी टोकियोमा रहेको दरबारमा हुने सम्राट नारूहितोको राजगद्दी आरोहणको समारोहमा भाग लिन अमिर त्यसतर्फ जानुभएको हो । अमिरले त्यहाँ भोजन कार्यक्रममा पनि भाग लिनुहुनेछ ।
अमिरको उपस्थितिलाई स्वागत गर्दै जापानी दूतावासले वक्तव्य समेत जारी गरेकोे छ । अमिर शेख तमिमको नौ महिनापछिको यो अर्को जापान भ्रमण रहेको छ । गएको जनवरीमा भएको भ्रमणमा दुर्इ राष्ट्रबीच बिभिन्न विषय अन्तर्गत थुप्रै सहमति पत्रमा हस्ताक्षरका साथै थप सम्बद्ध विस्तार गर्ने प्रतिबद्धता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो