बिहान ८ बजे भन्दा अगाडि कार्यालय नआउन दूतावासको आग्रह

कार्यालय परिसर बाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू जम्मा हुने,अनावश्यक भीडभाड गर्ने, लामो समयसम्म सवारी साधन पार्किङ गर्ने, ठूलो स्वरमा कुराकानी तथा हो-हल्ला जस्ता कार्यहरू नगर्न दूतावासले अनुरोध गरेको छ।

दूतावासले आज एक सूचना जारी गर्दै परिसर वरपरका बासिन्दाहरूबाट बारम्बार उजुरी प्राप्त भएपछि सेवाग्राहीहरूलाई कार्यालय समयमा मात्र उपस्थित भएर सेवा लिन आग्रह गरेको हो। दूतावासको सेवा लिन आउनेहरूले बिहान ८ बजेपछि मात्र आउन र अनावश्यक रूपमा लामो समयसम्म कार्यालय बाहिर नबस्न सूचनामा उल्लेख गरिएको छ।

दूतावासको सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
63
मनपर्‍यो
खुसी लाग्यो
11
खुसी लाग्यो
दुःख लाग्यो
19
दुःख लाग्यो
रुन मन लाग्यो
8
रुन मन लाग्यो
हाँसो लाग्यो
25
हाँसो लाग्यो
रीस उठ्यो
37
रीस उठ्यो
Back to top button