कतारले पहिलोपटक हवाई ट्याक्सीको परिक्षण गर्यो

कतारले पाइलट बिना चल्ने इलेक्ट्रिक एयर ट्याक्सीको सफलतापूर्वक उडान परीक्षण गरेको छ।
यातायात मन्त्री शेख मोहम्मद बिन अब्दुल्ला अल थानीको प्रत्यक्ष अवलोकनमा परीक्षण उडान वल्ड दोहा पोर्टबाट कतारा सम्म भएको थियो । मानवीय हस्तक्षप बिना उडान एआई तथा आधुनिक नेभिगेशन प्रणालीमार्फत नियन्त्रणमा थियो।

मन्त्रालयले अब थप परीक्षण विश्लेषण गरेर यस्तो हवाई यात्रालाई स्वीकृति दिन आवश्यक प्राविधिक तथा कानुनी ढाँचा तयार गर्ने बताएको छ । कतारको सन् २०३० भित्रमा छिटोछरितो स्मार्ट, वातावरणमैत्री र भविष्यमुखी यातायात प्रणाली निर्माण गर्ने लक्ष्य अनुसार हवाई ट्याक्सीलाई पनि जोड दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
12
मनपर्यो
20
खुसी लाग्यो
3
दुःख लाग्यो
2
रुन मन लाग्यो
2
हाँसो लाग्यो
5
रीस उठ्यो