कतारमा आज देखि ११ औं अरब कप सुरु हुँदै

कतारमा आज देखि ११ औं अरब कप प्रतियोगिता सुरु हुँदैछ ।

अरब राष्ट्रका उत्कृष्ट १६ टिमले प्रतियोगितामा आफ्नो देशको नेतृत्व गर्दैछ । ६० हजार सिट क्षमता भएको अल खोरस्थित अल बायत रंगशालामा आज बेलुकी ७:३० बजे कतार र प्यालेस्टाइन बिचको खेल संगै प्रतियोगिताको उद्घाटन हुँदैछ । अमिर शेख तमिम बिन हमाद अल थानीले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ ।

१८ डिसेम्बरसम्म चल्ने प्रतियोगिताको ७ लाख भन्दा बढी टिकट बिक्री भैसकेको छ।

प्रतियोगिताको इतिहास

सन् १९६३ मा गठन भएको संयुक्त अरब फुटबल एसोसिएसनले लेबनानमा पहिलो पटक अरब कपको आयोजना गरेको थियो । जसमा ५ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिता टुनिसियाले जितेको थियो ।

त्यसयता ११ पटक आयोजना भएको प्रतियोगिता सबैभन्दा धेरै इराकले ४ पटक जितेको छ । त्यस्तै साउदी अरेबियाले दुई र टुनिसिया मोरोक्को र इजिप्टले एक एक पटक जितेको छ । सन् २०१२ यता विभिन्न कारणले प्रतियोगिता आयोजना भएको थिएन ।

फिफाको ब्रान्डिङमा पहिलो फिफा अरब कप कतारले यसअघिको संस्करण आयोजना गरेको थियो । जम्मा २३ अरब देशबाट फिफा वरियताको आधारमा नौ देश सिधै प्रतियोगितामा छनौट भएका थिए । १४ मध्ये छनौट चरणको आधारमा बाँकि ७ देशले प्रतियोगितामा स्थान बनाए ।

सहभागी टिम

समूह ए

कतार,टुनिसिया,सिरिया,प्यालेस्टाइन

समूह बी

मोरोक्को,साउदी अरेबिया,ओमान,कोमोरोस ।

समूह सी

इजिप्ट,जोर्डन,युएई,कुवेत

समूह डी

अल्जेरिया,इराक,बहराइन,
सुडान

प्रतियोगिता आयोजना हुने रंगशाला

१. अल बायत रंगशाला , अल खोर(६० हजार सिट क्षमता)
२. स्टेडियम ९७४ , दोहा ( ४० हजार सिट क्षमता)
३. अह्मद बिन अलि रंगशाला , अल रय्यान (४० हजार सिट क्षमता)
४. अल जनौब रंगशाला ,अल वक्रा (४० हजार सिट क्षमता)
५. खलिफा अन्तर्राष्ट्रिय रंगशाला  (४५ हजार सिट क्षमता)
६. एजुकेसन सिटी रंगशाला ,एजुकेसन सिटी (४० हजार सिट क्षमता)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button