पछिल्लो चौबीस घण्टामा २३५ संक्रमित थपिए

गएको २४ घण्टामा २३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २१२ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १९५ जना स्थानीय र ४० जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२९,२२७ पुगेको छ ।
भाइरसको कारण आज थप १ जनाको ज्यान पनि गएको छ ।स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ८,६२१ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २२३ रहेको छ र निको हुनेको संख्या १,२६,२१८ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४० जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ३९४ जना
आईसीयुमा भर्ना भएका – ४ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ५२ जना
आज सम्म जाँच भएको संख्या – ८,६९,८५७ जना
अझै निको हुन बाँकीको संख्या : २,७८६ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।