मधेसका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

काठमाडौँ,मंसिर १५–

मधेस प्रदेशको सरकार गठन विवादमा सर्वोच्च अदालतले विवादित मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ।
यदि २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा १६८ (२) बमोजिम अर्को सरकार गठनको प्रारम्भ गर्न सर्वोच्चले परमादेश जारी गरेको हो।

न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो। यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले बर्दिबासको एक होटलमा नियुक्ति र शपथ दिलाएपछि विवाद भएको थियो।

उक्त नियुक्तिविरुद्ध प्रदेश सभाका ७३ जना सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। ७३ सांसदसहित दायर भएका तीन वटा रिटमाथि अन्तिम आदेश गर्दै सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत प्राप्त गर्न नसके १६८(२) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button