रमजान अली मियां, दोहा, कतार
International Day of Family अर्थात परिवारको महत्त्वको दिवस। आज १५ में बिश्व परिवार दिवस।कतार समेत संसारका विभिन्न देशमा यो दिनलाइ अत्यन्तै महत्त्वपूर्ण रुपमा मनाइदै आएको थियोे र मनाईन्छ। यद्यपि बिश्वब्यापी रुपमा देखिएको कोभिड-१९ कोरोना महामारीका कारण यस वर्ष बिगतमा झैं यो दिन मनाउन सम्भव भएन।तथापि यसका उदेश्य तथा विशेषता भने यथावत नै छन ।
परिवारको महत्त्वको दिनको आरम्भ सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारण सभामा एक प्रस्ताव पारित गरि मनाउन थालिएको थियोे।अन्ततः सन् १९९४ देखि यस दिनलाइ संसारका विभिन्न देशहरूमा मनाउन थालिएको हो।यो अन्तर्राष्ट्रिय परिवार दिवसमा पारिवारिक जिवनको महत्त्व र नातेदारहरु माथिको दायित्व बारे चर्चा परिचर्चा गरिन्छ।जसको माध्यम बाट हाम्रो समाज स्वच्छ शान्त र आनन्दमय हुन सहयोग पुग्दछ ।
यो दिनलाइ उत्साह पुर्वक मनाउनको उदेश्य आम सर्वसाधारण र नागरिकमा परिवार र पारिवारिक जिवनको महत्त्व लाई उजागर गर्नु,पारिवारिक जिवनलाइ बलियो बनाउनु तथा पारिवारिक पद्धतिमा भएको खराबीहरुको निवारणको साथै पारिवारिक जिवनबारेको जनचेतना लाई समाज बिच पुर्याउनु हो। प्रश्न यो आउँछ कि आखिर यो दिन मनाउनु पर्ने आवश्यकता किन पर्यो ? यस्को जवाफका निम्ति हामीले समाजमा पारिवारिक जिवनमा देखिएको बिकृती र यसमा देखिएको पाइएको बिग्रदो अवस्था देखिन्छ । पारिवारिक समाज र यसका महत्त्वलाई पुनः उजागर गर्न पनि यो दिन मनाउने पर्ने आवश्यकता देखिन्छ । यसै कारण यो दिन मनाउदै आएको छ। अन्तर्राष्ट्रिय परिवार दिवस परिवार सङ्ग जोडिएका समस्याहरु बाट सुसूचित हुन सामाजिक एवं आर्थिक समस्या जुन प्रत्यक्ष रुपमा परिवार एवं पारिवारिक ब्यवस्था संङ्ग सरोकार राख्दछन र यिं समस्याहरुले समाजमा जटिलता सृजना गरिरहेका छन ।
यस्ता यस्तै बिषयहरु लाई र समाधानको नीति विधि खोज्ने बिषयमा केन्द्रित रहि बिचार बिमर्श गर्न यो दिन मनाइन्छ ।
बिश्वभर यो दिन मनाउन विभिन्न प्रकारका वर्कशप कन्फ्रेन्स रेडियो तथा टेलिभिजनमा कार्यक्रमहरु हुने गर्दछन। यसैगरी विभिन्न कम्पनीहरुले अन्य शहरहरुमा समेत विशेष गोष्ठी र लेक्चर कार्यक्रमहरुको आयोजना गरिन्छ।जसको एक मात्र उदेश्य भनेको पारिवारिक समाजको दिगो बिकास, परिवार परिवार बीचको एकेबद्दता आपसी मेलमेलाप र भातृत्व बिकासको भावनालाइ फैलाउने तथा एक अर्काको सुखदुःख मा सहभागीता नै हो ।
अब आइन्दा दिनहरूमा यस महत्त्वपूर्ण अवसरमा परिवार तथा पारिवारिक जीवन को महत्त्व फाइदा र यस संङ्ग सम्बन्धित बिषयहरु माथी गहिरो प्रकाश पार्नु पर्ने देखिन्छ। आज हाम्रो समाज विभिन्न बिकृती बिसङ्गतीका कारण लक्ष्य बिहिन हुन पुगेको बिकराल अवस्था छ ।आपसी मेलमिलाप भातृत्वको ठूलो खाडल देखिदै गएको छ।प्राविधिको सहिसदुपयोग गर्न नजान्नाले मानिस आज एकान्तवासमा रमाइरहेको अवस्था छ।समाज आज बिचलित भएको अवस्था छ।घरघरमा समस्याको चाङ्ग लागेको छ।ब्यक्ती ब्यक्ति बिचका असमझदारी आज ठूलो बिषय बन्न पुगेको छ। समाजमा सम्बन्ध बिच्छेद, झैझगडा,राजानितिक सामाजिक विवादको कुनै संख्या नै गणन गर्न सक्ने अवस्था छैन।समाज सुधारका विभिन्न कार्यक्रमहरुको आयोजना अब भत्ता पचाउन मात्रै आयोजना गरिएको पाइएको छ। जस्को कुनै सकारात्मक नतिजा समाजले पाउन सकेको छैन। यस्तो अवस्थामा यो दिनको महत्त्वको साथै भुमिका र जिम्मेवारी पनि बढेर गएको छ ।
लेखक मियां कतारको रास्ट्रीय मानव अधिकार समिति दोहाको नेपाली प्रतिनिधि एवं संयोजक हुनुहुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
रुन मन लाग्यो
रुन मन लाग्यो
हाँसो लाग्यो
हाँसो लाग्यो