अर्थतन्त्र सशक्त बनाउन अमिर बाट सात बुँदे योजना प्रस्तुत

क्युएनए
वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारको अर्थन्तत्र अझ बलियो बनाउन अमिर शेख तमिम विन हमद अल थानीले हिजो सल्लाहकार परिषद्को भेलामा ७ बुँदे योजना प्रस्तुत गर्नुभएको छ।उहाँले देशको अर्थतन्त्र मजबुद बनाउन विभिन्न विकास योजनाका कार्यहरू द्रुत गतिमा अगाडि बढिरहेको बताउनुभएको छ।
पहिलो प्राथमिकता खाद्यान्न सुरक्षा योजना अन्तर्गत खाद्यान्न सञ्चयन तथा सम्भार क्षेत्रको विकास लगायत विभिन्न खाद्यान्न योजनामा कार्य भइरहेको जानकारी दिनुभएको छ।

देशले जल सुरक्षा योजनामा विशेष ध्यान दिँदै विश्वकै सबैभन्दा ठूलो जलशायको निर्माण भइरहेको र यसको अाधा सञ्चालन आउँदो वर्ष देखि हुने अमिरले बताउनुभयो।त्यस्तै हाम्रो अर्थतन्त्र बलियो भएकै कारण नाकाबन्दीको परिस्थितिमा समेत कतारी मुद्राको भाउ विश्व समुदायमा खस्कन दिएनौ अमिरले थप जानकारी दिनुभयो।
यस्ता छन् अमिरको सात बुँदे योजना
१. विधान तथा आदेश पूरा गर्ने,कर्मचारी शासन घटाउने र बैंकिङ प्रणाली सुधार्दै देशको अर्थन्तत्र वृद्धि गर्नका लागि हामीले भोगेका प्रमुख कार्यहरुसँग अनुकूल बनाउँदै लाने।
२. तोकिएको समयसीमा भित्र खाद्यान्न तथा पानी सुरक्षा योजना पूरा गर्ने,कुनै पनि आकस्मिकताको प्रतिक्रिया दिन नयाँ कम्पनी तथा कार्यक्षेत्र विकास गर्ने,आवश्यक तेल र ग्यास उद्योगको सुविधा निर्माणको कार्यान्वनय गर्ने।

३. वर्तमान आर्थिक तथा वाणिज्य सम्बन्धलाई बढावा दिने र नयाँ द्विपक्षीय सम्बन्धको विकास गर्दै लाने।
४. २०२२ विश्वकप परियोजना सँगै राष्ट्रिय विकास योजना,कतार भिजन लगायत हालको निर्माणाधीन पूर्वाधार योजना पूरा गर्ने।
५. समुन्द्री बंदरगाह विकास गर्ने,अन्तराष्ट्रिय बंदरगाह बाट सिधै कतार जोड्ने अन्तराष्ट्रिय जहाज कम्पनीसँग सम्झौता गर्ने र कतार एयरवेज कार्गो र यात्रु क्षमताको विस्तार गर्ने।
६. तोकिएको समय भित्र पर्यटन योजना कार्यान्वयन गर्न जोड दिने।
७. कतारमा निजी क्षेत्रलाई आबद्ध गर्न प्रोत्साहन तथा सहजता दिलाउने।देशप्रति निजी क्षेत्रले आफ्नो दायित्व प्रस्तुत गर्न अझै बाँकी छ।