हमाद अन्तर्राष्ट्रिय विमानस्थल विस्तारः विमानस्थलको क्षमता वार्षिक ६ करोड बढी पुग्ने

‎दोहा– हमाद अन्तर्राष्ट्रिय विमानस्थलले सिटीस्केप कतारमा अक्टोबर २२ देखि २४ सम्म दोहामा भइरहेको कार्यक्रममा लगानीकर्ताहरु सम्मिलित अन्तर्राष्ट्रिय दर्शक समक्ष विमानस्थलको दोश्रो चरणको विस्तार योजना प्रस्तुत गरेको छ ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार योजना अन्तर्गत उत्कृष्ट १०, ००० वर्ग मिटर को ट्रपिकल गार्डेन र २६८ वर्ग मिटरको जल सुविधा मुख्य आकर्षण रहनेछन् । हमाद अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो चरणको विस्तार योजनामा फेज ए र फेज बी रहेका छन् ।

फेज ए अन्तर्गत मुख्य हलवे हलवे डी र ईसँग जडान गरिने छ । निर्माण कार्य २०२० मा सुरु भई यसले २०२२ सम्म विमानस्थलको यात्रुहरुको क्षमता वृद्धि गर्दै वार्षिक ५ करोड ३० लाख पु¥याउने छ । २०२२ पश्चात् समापन हुने  फेज बी अन्तर्गत हलवे डी र ई को विस्तार गरिने छ जसले विमानस्थलको यात्रुहरुको क्षमता वार्षिक ६ करोड पुग्नेछ ।

-ratopati.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button