एनपिएलमा चितवन पोखरासँग ८ विकेटले पराजित

चितवन, मंसिर २०-

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन पोखरा एभेन्जर्सलेसँग ८ विकेटले पराजित भएको छ । प्लेअफको दौडबाट बाहिरिसकेको पोखराले अन्तिम खेलमा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको हो ।

चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्याे । पोखराको जितमा एडम वासिंटनले सर्वाधिक ६५ रन बनाए । उनले ४८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । एडमले अर्जुन कुमालसँग पहिलो विकेटका लागि सय रनको साझेदारी गरेका थिए । अर्जुन ४३ रनमा अविजित रहे । कप्तान कुशल भुर्तेल ४ रनमा आउट हुँदा जेशन रोय ६ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ जैइव र रिजन ढकालले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए ।

अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७, कप्तान कुशल मल्ल २३ रनमा आउट भए । कमलसिंह ऐरी २ रनमा अविजित रहे । बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एकएक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button