नेशनल डे परेड हुने

दोहा,कतार । कतारको संस्कृति मन्त्रालयले आगामी डिसेम्बर १८, २०२५ (बिहीबार) दोहा कोर्निस क्षेत्रमा राष्ट्रिय दिवस परेड आयोजना हुने घोषणा गरेको छ। तीन वर्षपछि पुनः हुन लागेको यो परेडले राष्ट्रिय एकता, निष्ठा र गौरवलाई भव्य रूपमा प्रस्तुत गर्नेछ।

क्षेत्रीय चुनौती र गाजामा भइरहेको मानवीय संकटका कारण केही समय रोकिएको परेड यस वर्ष पुनः सुरु हुन लागेको हो। परेड अमिर शेख तमिम बिन हमद अल थानीका शब्दबाट प्रेरित राष्ट्रिय दिवसको नारालाई आधार बनाएर आयोजना गरिनेछ, जसले नेतृत्व र जनताबीचको एकता, समर्पण र राष्ट्रिय गर्व झल्काउने मन्त्रालयले जनाएको छ।

संस्कृति मन्त्रालयका अनुसार, राष्ट्रिय परेड कतारको इतिहास, सांस्कृतिक विरासत र पुस्तौँदेखि सर्दै आएको राष्ट्रिय पहिचानको प्रतीक हो। यसले देशको प्रगतिमा योगदान दिने पूर्वजहरूको बलिदानलाई स्मरण गर्दै नागरिकहरूमा गर्व, निष्ठा र ऐक्यबद्धताको भावना थप प्रबल बनाउनेछ।

मन्त्रालयले परेडले पुस्ताबीचको निरन्तरता र देशप्रति प्रतिबद्धताको भावना पुनः जागृत गर्दै कतारलाई सम्मान र प्रतिष्ठातर्फ अघि बढाइराख्ने सन्देश दिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
21
मनपर्‍यो
खुसी लाग्यो
40
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
Back to top button