आइतबारदेखि दोहा मेट्रो ७५ प्रतिशत क्षमतामा संचालन हुने

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको प्रतिबन्ध बिस्तारै खुकुलो गर्ने सरकारको घोषणा अनुरूप दोहा मेट्रोले आफ्नो सेवाहरु ७५ प्रतिशत क्षमतामा सञ्चालन गर्ने घोषणा गरेको छ।
अक्टोबर ३ देखि यो निर्णय मेट्रो, मेट्रोलिकं र मेट्रो एक्स्प्रेसको सेवाहरुमा लागू हुनेछ ।
“कोभिड-१९ नियन्त्रणका लागि लगाइएको प्रतिवन्ध चरणबद्ध रुपमा खुकुलो भएसंगै हामी यो घोषणा गर्न पाउँदा खुशी छौ कि मेट्रो, मेट्रोलिंक, र मेट्रो एक्सप्रेसको सेवाहरु आइतबार अक्टोबर ३ तारिक बाट ७५ प्रतिशत क्षमतामा संचालन हुनेछन्”, दोहा मेट्रोले ट्विट गरेको छ ।
यसअघि मेट्रो ५० प्रतिशत क्षमतामा संचालन हुँदै आइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो