मोबाइल अफ गरेर सम्पर्कविहीन भए दीपक मनाङे

काठमाडौँ, कात्तिक २१-

गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ)मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएपछि पूर्वमन्त्री मनाङे सम्पर्कविहीन भएका हुन् । सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

केही दिनअघि कास्कीमै रहेका उनी कैद फैसला सुनाएपछि सार्वजनिक ठाउँमा देखिएका छैनन् । बीचको झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको २० वर्षपछि हिजो (मंगलबार) न्यायालयले अन्तिम फैसला गरेको हो । फैसलालगतै कार्यान्वयनको लागि प्रहरी परिचालन भएको प्रहरीले जनाएको छ ।

मनाङे हाल दोषी करार भएको मुद्दाको घटना २०६१ वैशाख ३१ को हो । मनाङेले आफ्ना प्रतिद्वन्द्वी गुन्डा नाइके चक्रे मिलनको देब्रे हात खुँडाले हानेर छिनाएका थिए । घटनापछि चक्रे मिलन छिनेको हात बोकेर अस्पताल पुगेका थिए  ।

 

 

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button