सेन्ट्रल मोडेल कलेजका बिद्यार्थीलाई भव्य स्वागत, पोखराको पाँचतारे होटलमा गरे अवलोकन

चितवन,मंसिर २४-

चितवनको सेन्ट्रल मोडेल कलेजले विद्यार्थीलाई भव्य कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ । गत बर्षदेखि व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) र व्याचलर अफ इन्फरमेशन टेक्नोलोजी म्यानेजमेन्ट (बिआईटिएम) अध्यापन सुरु गरेको कलेजले पर्यटकीय नगरी पोखराको पाँचतारे पोखरा ग्राण्ड होटलमा मंगलबार स्वागत कार्यक्रम आयोजना गरेको हो । सेन्ट्रल गु्रपका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रममा १ सय ६० जना विद्यार्थी सहभागि भएका थिए । सो अवसरमा बोल्दै पौडेलले चितवनमै रहेर विश्वसंग प्रतिस्पर्धा गर्ने शिक्षा सेन्ट्रल मोडेल कलेजले प्रदान गर्ने बताउनुभयो । मैले धेरै देश घुमेर त्यहाँको शिक्षा प्रणालीलाई नजिकबाट नियालेको छु,उहाँले भन्नुभयो,त्यहाँको जस्तै गुणस्तरिय शिक्षा प्रदानका लागि हामीले यहाँ भरपुर प्रयास गरिरहेका छौं । उहाँले पहिलो बर्षमानै कलेजलाई उत्कृष्ट बनाउन भूमिका खेल्ने सबैलाई धन्यबाद दिँदै कलेजले गुणस्तरमा कुनै सम्झौता नगर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिशपर्धा गर्न सक्ने जनशक्ती उत्पादन गर्ने बताउनुभयो ।

सेन्ट्रल कलेजको सहयोगमा आयोजित स्वागत कार्यक्रम बिएचएम र बिआइटिएमको तेस्रो सेमेष्टरका विद्यार्थीले आयोजना गरेका थिए । सेन्ट्रल इभेन्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्टका अध्यक्ष मिलन कुबँरले सबै विद्यार्थीको साथ र सहयोगले कार्यक्रम भव्य बनेको बताउनुभयो । उहाँले कलेजले विद्यार्थीलाई लागि पाँच तारे होटलको हस्पिटालिटीका बारेमा अध्ययन र अवलोकन गर्ने अवसर प्रदान गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । सो अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल डा.टिआएर चालिसेले कलेजले पहिलो बर्षमा नै ८० प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको बताउनुभयो । विश्व बजारसंग प्रतिस्पर्धा गर्ने खालको शिक्षा प्रदान गर्न कलजले भरपुर प्रयास गरिरहने बताउनुभयो । कलेजले पहिलो र दोस्रो बर्ष नै विद्यार्थीलाई पाँच तारे होटलमा कार्यक्रम गर्दा विद्यार्थीलाई प्रयोगात्मक शिक्षासंगै बाहिरी ज्ञानको विकास गर्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा अध्यक्ष पौडेलले कलेजको आन्तरिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल इन्जिनियर विपिन शर्मा, सेन्ट्रल कलेजका सिइओ सारदा शर्मा, म्यानेजर पार्वती न्यौपाने, सल्लाहाकार देविदास भट्टराई, सल्लाहाकार सुदन नेपाली, एचवडी अफ बिएचएम प्रकाश पाण्डे, एचवडी अफ बिआइएम इन्जिनियर सुनिल कुमारसिंह लगायत शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो ।
सेन्ट्रल मोडेल कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । पहिलो र दोस्रो बर्षमानै कलेजमा उल्लेख्य विद्यार्थी भर्ना भएका छन । कलेजले नेपालकै उत्कृष्ट होटलम्यानेजमेन्ट तथा विआइएम ल्याब निर्माण गरेको छ । कलेजले विदेशी प्रध्यापकद्धारा गेस्ट कक्षा र नेपालकै विभिन्न उद्योग व्यवसायमा फिल्ड भिजिट लगेर प्रयोगात्मक कक्षालाई समेत बिशेष जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button