शुक्रबारदेखि वर्षाको सम्भावना

कतार मौसम विभागले देशभरि शुक्रबार देखि अर्कोहप्ताभरि  छिटपुट वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार यस अवधिमा मौसम आंशिकदेखि पूर्ण रुपमा बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ । त्यस्तै कडा हावाहुरी संगै केही स्थानमा चट्याङ सहितको भारी वर्षाको सम्भावना पनि रहेको विभागले बताएको छ।

यस्तो बेला आवश्यक सावधानी अपनाउन, सुरक्षित स्थानमा रहन, आवश्यक सुरक्षा निर्देशनहरू पालना गर्ने र आधिकारिक स्रोतबाट मात्रै जानकारी लिन विभागले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
14
खुसी लाग्यो
दुःख लाग्यो
3
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
9
रीस उठ्यो
Back to top button