मिसाइद अस्पतालले कोरोना भाइरसको अन्तिम बिरामीलाई डिस्चार्ज गर्यो

मिसाइद अस्पतालमा उपचार भैरहेका कोरोना भाइरसका अन्तिम दुई समुहलाई रोग बाट मुक्त गरि अस्पतालले हिजो डिस्चार्ज गरेको छ । भाइरसको महामारी संगै गएको अप्रिल महिना बाट सेवा सुरु गरेको अस्पताल कतारमा कोरोना मुक्त हुने दोस्रो अस्पताल बन्न सफल भएको छ । यसअघि गत जुलाईमा रस्लाफान अस्पतालले आफ्नो सबै कोभिड १९ को बिरामीलाई डिस्चार्ज गरेको थियो ।

महामारी यता अस्पतालले ६,१७० भन्दा बढी बिरामीको सफल उपचार गरेको छ । महामारीको उच्च बिन्दुमा रहँदा अस्पतालमा झन्डै ४८० बिरामी थिए जसको उपचाररत ८७० स्वास्थ्यकर्मी तथा स्टाफ लागि परेका थिए । अन्तिम ब्याचका बिरामी बिदाई गर्न स्वास्थ्यमन्त्री डाक्टर हनान मोहम्मद अल कुवेरी अस्पताल पुग्नुभएको थियो ।
कतारमा अझै ३,१५७ जना भाइरसका बिरामीलाई निको हुन बाँकी छ।