घरेलु व्यवसायलाई लाइसेन्स अनिवार्य


कतारमा व्यापक रुपमा बढ्दै गरेको घरेलु व्यवसाय व्यवस्थापनका लागी अब अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने भएको छ । यहाँको अर्थ तथा वाणिज्य मन्त्रालयले २०१६ को निर्णय नम्बर २४२ उल्लेख गर्दै साना व्यवसाय तथा स्वरोजगारी लाई अब अनिवार्य रुपमा लाइसेन्स लिन पर्ने जनाएको छ ।
व्यतिगत दक्षता मा आधारित व्यवसायिक क्रियाकलाप गर्ने व्यवसाय जस्तै सिलाई तथा बुट्टा भर्ने, विवाह तथा पार्टीको फोटोग्राफी, कम्प्युटर बाट गरिने डिजाइन, फोटो कपी, बाइन्डीङ्ग, कफी बिन, जडिबुटी तथा प्रजाति उत्पादन, गीफ्ट प्याकीङ्ग, फुल व्यवस्थापन, कुक, सौन्दर्य सम्बन्धी काम वा सौन्दर्य समाग्री बनाउने जस्ता आदी कामका लागी नियम लागु हुने मन्त्रालयले थपेको छ । सो नियम अनुसार व्यवसायमा खतरनाक सामान वा उपकरण को प्रयोग गरी कसैमा समस्या पार्न नहुने पनि मन्त्रालयले प्रष्ट पारेको छ ।
यधपी नियम कार्यवन्यन कतारी नागरीक लागी मात्र वा सबैमा लागु हुने खुलाईएको छैन् ।
१. वार्षिक १२०० रियाल को नविकरण गर्नुपर्ने ।
२. घरेलु व्यवसायका लागी १८ वर्ष भन्दा उमेर र आफु बसी व्यवसाय गर्ने घर नै दर्ता गर्नुपर्ने ।
३. प्रत्येक घरका लागी मात्र १ लाइसेन्स ।
४. घरबाटै होम डेलिभरीको व्यवस्था अनिवार्य हुनुपर्ने ।
५. घर वरपरको क्षेत्रमा विज्ञापन तथा प्रचार गर्न नपाउने ।
५. व्यवसायले छिमेकी, ट्राफिक बेवस्था लाई पनि असर पर्न नहुने ।
६. घर बाहिर कम्पनीको दर्ता नम्बर,लाइसेन्स नम्बर ,व्यवसायन नम्बरको बोर्ड अनिवार्य रुपमा राख्न पर्ने ।
लाइसेन्स आवश्यकताले घरेलु व्यवसायको विस्तार तथा विकासमा टेवा पुग्ने र यसले देशको आर्थिक विकास र विविधतामा पनि टेवा पुग्ने मन्त्रालयले थपेको छ ।सामाग्रीको मुल्य बढ्ने निश्चित देखिएता पनि ग्राहकको स्वास्थ्य तथा सुरक्षा तथा उत्कृष्ट सामाग्रीमा बढावा हुने विश्वास गरिएको छ ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।