विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध

काठमाडौँ, मंसिर २६-

आगामी निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन माग गर्दै पूर्वमन्त्री सुमना श्रेष्ठ, प्रवासबाट फर्किएका नेपाली तथा जेनजी पुस्ताका प्रतिनिधिसहितको समूहले कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष आज ज्ञापनपत्र प्रस्तुत गरेको छ ।

सर्वोच्च अदालतले २०७४ मा गरेको निर्णयअनुसार विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चितत गर्न ज्ञापनपत्रमा माग गरिएको छ । समूहमा नेपाल विवेकशील पार्टीका अध्यक्ष सन्तोष घिमिरे, जेनजी पुस्ताका प्रतिनिधि प्रकृति ढकाललगायत सहभागी हुनुहुन्थ्यो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button