आज र भोलि वर्षाको सम्भावना

आज देशको केही स्थानमा कडा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम विभागले बताएको छ ।
” आज र भोलि आइतबार अपरान्हको समयमा स्थानीय बादल विकास हुने हुँदा हल्का वर्षा हुने सम्भावना रहेको छ । जुन धुलो सहितको हावाहुरीमा परिणत हुनेछ,” विभागले हिजो ट्विटमा लेखेकाे छ ।
Weather charts indicate the possibility of local cloud development during noon time in the coming two days (Saturday and Sunday) with a chance of scattered thundershowers over some areas may be accompanied with strong dust-raising wind. #Qatar pic.twitter.com/oyXdBInCch
— أرصاد قطر (@Qatar_Weather) August 23, 2019
समयमा हावाको गति १० हुँदै ६५ किलोमिटर प्रति घण्टा सम्म पुग्न सक्नेछ । त्यस्तै प्रत्यक्षता भने २ किलोमिटर भन्दा तल रहनेछ । सामुद्रिक गतिविधिका लागि भने कुनै सावधानी दिईएको छैन ।
दोहाको आजको उच्च तापक्रम ४० , अबु सम्राको ४२ र अल खोरको ४१ डिग्री सेल्सियस सम्म रहने विभागले जनाएको छ ।