वर्षाको समयमा सवारी चालकले ध्यान दिनुपर्ने कुराहरु

साधारण अवस्थामा भन्दा वर्षाको समयमा बाटोको प्रतिकृया भिन्न हुने हुदाँ सवारी दुर्घटनाको जोखिम पनि बढ्ने गर्दछ । कतारमा अबको केही दिन वर्षाको सम्भावना रहेको हुँदा सवारी चालकहरुले सर्तकता अपनाउनुपर्ने देखिन्छ ।

आन्तरिक मन्त्रालय अन्तर्गतको जनसरोकार विभागले सवारी सुरक्षाको लागि आफ्नो समाजिक सन्जाल मार्फत दिएको सावधानीको उपायहरु यस्ता छन् :

१.वर्षाको समयमा सडक चिप्लो रहने हुँदा गति सिमित राख्नुहोस । बाटो संग सुहाउने गतिमा मात्र सवारी हाक्नुहोस् ।

२.साधारण अवस्थामा भन्दा चिप्लो बाटोमा ब्रेक लाग्न ३ गुणा बढी समय लाग्ने गर्दछ । त्यसैले दुई सवारी भन्दा बढीको अन्तर राख्नुहोस ।

३.वाइपरको प्रयोग गरिराख्नुहोस । सवारी भित्रको सिसामा बाफ बसेको खण्डमा एसी को प्रयोग गर्नुहोस ।

४.ओभरटेक र बारम्बार लेन बदल्ने काम नगर्नुहोस ।

५.पानी भरिएको ठाउँबाट सवारी नहाक्नुहोस । त्यस्तो ठाउँको गहिराई थाहा नहुने हुँदा दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
68
मनपर्‍यो
खुसी लाग्यो
84
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
6
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
5
रीस उठ्यो
Back to top button