एमाले जग्गादानविरुद्धको रिट निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौँ, पुस १-
भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेको छ । सञ्चालक मिनबहादुरबाट जग्गादान लिने एमालेको निर्णयलाई कानूनसम्मत ठहराउँदै जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन संयुक्त इजलासले खारेज गरेको हो ।
न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले केहीबेरअघि रिट निवेदन खारेज गरेको विवरण सर्वोच्च अदालतले वेबसाइटमा राखेको छ । तर आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।
गत दशैंको फुलपातीको दिन भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले एमाले केन्द्रिय कार्यालयका लागि जग्गा दान दिने घोषणा गर्दै अर्कोवर्षभित्र भवन समेत बनाइदिने घोषणा गरेका थिए ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो