नेशनल डे : देशभर भोलि हुने कार्यक्रमहरु यस्ता छन्

करिब तीन वर्षपछि कतारले भोलि बिहीबार, १८ डिसेम्बर २०२५ का दिन आफ्नो १४७ औं राष्ट्रिय दिवस भव्यताका साथ मनाउँदैछ। यस अवसरमा देशभर विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक र गौरवमय कार्यक्रमहरू आयोजना गरिएका छन्।
१. राष्ट्रिय परेड
कतार राष्ट्रिय दिवसको मुख्य आकर्षण मानिने सैन्य परेड भोलि बिहान दाेहा कर्निसमा आयोजना हुनेछ।
- समय: बिहान ठीक ९:०० बजे परेड सुरु हुनेछ।
- प्रवेश: बिहान ५:०० बजेदेखि ७:३० बजे कर्नेश प्रवेश गर्न पाइनेछ ।
- आकर्षण: कतारी सशस्त्र बल, सुरक्षा निकायहरूको मार्च पास, र्याली र आकाशमा अत्याधुनिक लडाकु विमानहरूको ‘एयर शो’ प्रदर्शन गरिनेछ।
![]()
२. डर्ब अल साई
उम सलाल स्थित ‘डर्ब अल साई’ मा कतारी संस्कृति र परम्परा झल्काउने प्रदर्शनी रहनेछ।
- समय: दिउँसो ३:०० बजेदेखि राति ११:०० बजेसम्म।
- विशेषता: ऊट तथा घोडा सवारी, परम्परागत हस्तकला, बाजागाजा र कतारी खानाका स्टलहरू रहनेछन्।
३. आतिशबाजी
साँझ कर्निस र लुसेल बुलेभार्डमा भव्य आतिशबाजी प्रदर्शन गरिनेछ। यो प्रदर्शन सामान्यतया साँझ ६:०० बजेपछि सुरु हुनेछ।
४. अन्य प्रमुख कार्यक्रमहरू
- लुसेल बुलेभार्ड: फिफा अरब कप २०२५ सँग सम्बन्धित विभिन्न लाइभ शो र मनोरञ्जनात्मक कार्यक्रमहरू साँझ ५:०० बजेदेखि मध्यरातसम्म सञ्चालन हुनेछन्।
- कतारा कल्चरल भिलेज : दिउँसो ४:०० बजे प्यारासुट शो र विभिन्न सांगीतिक ब्यान्डहरूको प्रस्तुति रहनेछ।
- ओल्ड दोहा पोर्ट र मुशेरिब: यहाँ साँझ ४:०० बजेदेखि परम्परागत उत्सव र पारिवारिक कार्यक्रमहरू आयोजना गरिनेछन्।
५. कन्सर्ट र खेलकुद
- सांगीतिक कार्यक्रम: एशियन टाउन एम्फीथिएटरमा बलिउड गायक मीका सिंहको कन्सर्ट साँझ ६:०० बजेबाट सुरु हुनेछ।
- राष्ट्रिय दिवस दौड : एजुकेशन सिटीमा बिहान ७:०० बजे सामुदायिक दौड आयोजना गरिनेछ।
यातायात र सुरक्षा निर्देशन:
- भोलि देशभर सार्वजनिक बिदा रहनेछ।
- परेड क्षेत्रमा जानका लागि मुशेरिब मेट्रो स्टेशन सबैभन्दा उपयुक्त हुनेछ।
- धेरैजसो सडकहरू परेडका लागि बन्द रहने हुनाले सार्वजनिक यातायात वा मेट्रोको प्रयोग गर्न र तोकिएका पार्किङ क्षेत्रहरू (जस्तै: अल बिदा पार्क) मात्र प्रयोग गर्न अनुरोध गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
20
मनपर्यो
37
खुसी लाग्यो
4
दुःख लाग्यो
3
रुन मन लाग्यो
2
हाँसो लाग्यो
2
रीस उठ्यो