११ औं अरब कपको उपाधि मोरोक्कोले जित्यो

कतारले आयोजना गरेको ११ औं अरब कपको उपाधि मोरोक्कोले जितेको छ। लुसेल रंगशालामा भर्खरै सम्पन्न खेलमा मोरोक्कोले जोर्डनलाई ३-२ गोल अन्तरले हराएको हो।
रोमाञ्चक फाइनल खेलमा मोरोक्कोलाई तन्न्नानेले खेलको ४ औं मिनेटमा अग्रता दिलाएका थिए।जोर्डनका ओल्वानले खेलको ४८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यस्तै ह्यान्डबलमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ओल्वानले नै गोल गर्दा जोर्डनले खेल आफ्नो पोल्टामा पार्यो। तर मोरोक्कोका हमेद अल्लाहले खेलको ८८ र अतिरिक्त समयको १०० औं मिनेटमा गोल फर्काउदै जित आफ्नो हातमा पार्न सफल भए।
झरीका बाबजुद खेल हेर्न झन्डै ८६ हजार दर्शकको उपस्थिति रहेको थियो।