वैदेशिक रोजगारीमा जाने श्रमिकको बढेको मेडिकल शुल्क खारेज

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि बढेको मेडिकल शुल्क खारेज भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल)शुल्क बढाउने निर्णय खारेज गरेका हुन्।
यसअघि मन्त्रीस्तरीय निर्णयबाट ६ हजार पाँच सय रूपैयाँ रहेको मेडिकल शुल्क बढेर ९ हजार ५०० रूपैयाँ पुगेको थियो ।शुल्क कार्यान्वयनमा आएसँगै म्यानपावर व्यवसायी तथा अधिकारकर्मीहरूले श्रमिकमाथि आर्थिक शोषण भएको भन्दै फेरि पनि चौतर्फी विरोध गरेका थिए।उनीहरूले शुल्क तत्काल घटाउन आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
4
मनपर्यो
8
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
4
हाँसो लाग्यो
0
रीस उठ्यो