हामी दोहोरो दबाबमा छौँः प्रधानमन्त्री कार्की

काठमाडौं, पुस १०-

प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले राजनीतिक दल र जेनजीको दोहोरो दबाबमा रहेको बताएकी छन् । त्यसकारण सरकारलाई पेन्डुलमजस्तै बनाउने काम भएको उनको धारणा थियो । हरेक राजनीतिक दल र जेनजीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाएको प्रधानमन्त्री कार्कीले बताइन् ।

उनले सबै कुरा एकैचोटि हुनुपर्ने आशा सबैतिरबाट भएको बताउँदै राजनीतिक दलले तत्काल छाड्नुपर्ने दबाब दिएको तर जेनजीले तत्काल परिवर्तन खोजेको उनले बताइन् ।
अहिलेको अवस्थामा सरकार छोडेर हिँड्ने अवस्था नरहेको उनको जिकिर छ ।

वर्तमान सरकारले राजीनामा दिए अर्को आउनुपर्ने र आउने सरकारको अवस्था पनि उस्तै नहोला भन्न नसकिने उनको भनाइ छ । “छोड भन्दैमा छोडेर हिँड्न पनि भोलि तिमीहरूको औकात छोडेर हिँड्ने रहेछ भनिहाल्छन्,” प्रधानमन्त्री कार्कीले अगाडि थपिन्, “यहाँ कथाकारहरू हुनुहुन्छ । हाम्रो कथा पनि लेख्नुस् । मेरो, गृहमन्त्री र अर्थमन्त्रीको पनि कथा लेख्नुहोस् ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button