रास्वपाको समानुपातिक उम्मेदवार बनेका प्रतिभाशाली व्यक्तित्व अमिर, भन्छन्ः परिवर्तन गर्नुको विकल्प छैन

भरतपुर,पुस ११-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा व्यवसायी तथा बहुप्रतिभाशाली व्यक्तित्व अमिर सुनारलाई आफ्नो समानुपातिक उम्मेदवार सूचीमा समेटेको छ । पार्टीले समावेशी र क्षमतावान व्यक्तिहरूलाई अगाडि बढाउने नीति अनुरूप सुनारलाई सूचीमा राखिएको जनाएको छ ।

विभिन्न सामाजिक, बौद्धिक तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय रहँदै आएका अमिर बहुआयामिक प्रतिभाका रूपमा परिचित छन् । उनी युवामाझ लोकप्रिय हुनुका साथै सामाजिक रूपान्तरण र सकारात्मक सोच प्रवद्र्धनमा निरन्तर योगदान गर्दै आएका छन् । उनि सानैदेखि आटिला र शाहासी युवा हुन् । दशकौंदेखि नेपालमा राजनीतिक गर्दै आएका दलहरुको विकल्पमा बैकल्पिक शक्तिलाई स्थापित गराउनका लागि योग्य, निर्भिक र परिणाममुखी युवाको रुपमा सुनारलाई पार्टीले अघि सारेको छ ।

रास्वपाले पुराना राजनीतिक अभ्यासभन्दा फरक ढङ्गले नयाँ सोच, नयाँ नेतृत्व र योग्य व्यक्तित्वलाई अवसर दिने लक्ष्य लिएको बताउँदै आएको छ । सोही रणनीतिअन्तर्गत सुनारको चयनले पार्टीभित्र उत्साह थपिएको छ ।

पार्टी समर्थकहरू तथा शुभेच्छुकहरूले सुनारको उम्मेदवारीलाई सकारात्मक रूपमा लिदै प्रचार प्रसार गरेका छन । आगामी निर्वाचनमा उनको भूमिकाले संसद्मा नयाँ ऊर्जा र बहस ल्याउने अपेक्षा गरिएको छ । उनि रास्वपाको स्थापना कालदेखिनै सभापति रवि लामिछानेसंग काँधमा काँध र साथ दिएर अघि बढेका युवा हुन । उनी पार्टीको संगठन विस्तरका लागि तल्लो तहसम्म खटिएर काम गरेका छन ।

युवा व्यवसायी सुनारले पुस १२ र १३ गते हुने आन्तरिक प्रतिस्पर्धामा मतदान गरिदिन आग्रह समेत गरेका छन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी बैदेशिक रोजगारीमा गएर नेपाल फर्किएपछि यही केही गर्नुपर्छ भन्ने उदेश्यका साथ व्यवसायी गरिरहेका छन । बाग्लुङको जैमिनीमा जन्मेका अमिरले चितवनमा अध्ययन गरेका हुन । उनले अहिले ज्वेलरी व्यवसाय गरिरहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button