टेक्निसियनले पनि लाइसेन्स निकाल्न पाउने

दोहा : टेक्निसियन पेशामा कार्यरतहरुले पनि अब सवारी लाइसेन्स निकाल्न पाउने भएको छ । यसअघिको उक्त प्रतिबन्ध फुकुवा बारे ट्राफिक विभागले हिजो एक कार्यक्रम बिच घोषणा गरेको हो।
“हामीले यस विषयमा केही लचिलो हुँदै टेक्निसियन पेशा हुनेहरुलाई प्रतिबन्ध फुकुवा गरि लाइसेन्सका लागि आवेदन दिन खुल्ला गरेका छौ। तर अहपले यो पेशालाई मात्र फुकुवा गरिएको जानकारी गराउन चहान्छौ ।” विभागका एक प्रमुखले पेनिन्सुला पत्रीकालाई भनेका छन् ।

ट्राफिक विभागले अझै पनि कैयौं पेशालाई सवारी लाइसेन्स दिन रोक लगाएकाे छ । तर यो दिर्घकालिन निर्णय नभई भौतिक पुर्वाधार निर्माण सम्पन्न भएपछि खुल्ला गरिने विभागले स्पष्ट पारेको छ ।
घरेलु कामदार,सुरक्षा गार्ड,टेलर,गोल्ड स्मिथ,माली,बिउटिसियन,पत्रीका भेन्डर,हजाम,ग्रोसर,शेफर्द लगायत अन्य थुप्रै पेशाहरु सवारी लाइसेन्स लिन बाट बन्चित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो