जापानको टोकियोमा ५० भन्दा बढी सवारी साधन एकआपसमा ठोक्किदा २६ जना घाइते

टोकियो,पुस १२ –

जापानको टोकियो उत्तरपश्चिममा पर्ने गुनमा प्रान्तमा शुक्रबार राति भएको भीषण सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

गुनमा प्रान्तको मिनाकामी नगरस्थित कान–एत्सु एक्सप्रेसवेमा करिब ७ः३० बजे ५० भन्दा बढी सवारी साधन एकआपसमा ठोक्किएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार हिमपातका कारण सडक चिप्लो बनेपछि सवारी साधनहरू नियन्त्रण बाहिर गएर दुर्घटना भएको अनुमान गरिएको छ ।

दुर्घटनामा कम्तीमा १७ वटा सवारी साधनमा आगलागी भएको थियो, जसलाई नियन्त्रणमा लिन करिब साढे सात घण्टा लागेको जनाइएको छ । घटनामा करिब ७० वर्षकी एक महिलाको मृत्यु भएको पुष्टि भएको छ भने पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनापछि द्रुतमार्गको उक्त खण्ड अस्थायी रूपमा बन्द गरिएको थियो । धेरै सवारी साधन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही सवारी साधन आगलागीबाट जलेर नष्ट भएका छन् ।

घटनाका बेला भारी हिमपातको चेतावनी जारी गरिएको थियो । प्रहरीले सडकमा जमेको हिउँ दुर्घटनाको मुख्य कारण हुन सक्ने जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button