जनकपुर,बुटवल र इटहरीबाट श्रम स्वीकृति लिन सकिने

कान्तिपुर
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने युवालाई सहज गराउन इटहरी, जनकपुर र बुटवलबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
‘जुन क्षेत्रबाट बढी कामदार विदेश गएका छन्। त्यही क्षेत्रमा श्रम स्वीकृति प्रदान गर्न कार्यालय स्थापना गर्नेछौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘पूर्वको इटहरी, दुई नम्बर प्रदेशको जनकपुर र पश्चिमको बुटवलबाट श्रम स्वीकृति दिने निर्णय गरेको हो।’उनले यसलाई तुरुन्त कार्यान्वयनमा लैजाने गृहकार्य सुरु भइसकेको बताए। ‘विद्यमान कानुनी व्यवस्थाअनुसार फरक नपर्ने गरी सेवा दिन प्रक्रिया मिलाइहाल्न निर्देशन दिइसकेको छु,’ उनले भने, ‘कुन कुन प्रकारको श्रम स्वीकृति दिन मिल्छ। त्यो दिइहाल्छौं।’

मन्त्रालयका अधिकारीहरुका अनुसार तत्काल श्रम स्वीकृति दिन मिल्नेछ। ‘बिदामा आएका कामदार श्रम स्वीकृतिको लागि काठमाडौं आउनुपरेन,’ विष्टले भने, ‘संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिको विषयबारे तुरुन्तै टुंगाउनेछौं।’
पत्रकार सम्मेलनमा मन्त्री विष्टले वैदेशिक रोजगारलाई सहज, सरल र गुणस्तरीय सेवा प्रदान गर्नको लागि सबै खाले ‘सिन्डीकेट’लाई हटाउने बताए। वैदेशिक रोजगार व्यवसायीहरुले स्वास्थ्य परीक्षणको नाममा ठूलो सिन्डीकेट रहेको बताउँदै आएका छन्।उनले कामदारलाई न्यून सेवा शुल्कमा कामदार पठाइने विषयमा गहनरुपमा छलफल भइरहेको बताए। ‘कामदार न्युन सेवा शुल्क तिरेर वैदेशिक रोजगारीमा जाने वातावरण मिलाउन सरोकारवाला पक्षसँग छलफल गरी तुरुन्तै निर्णय लिइनेछ,’ उनले भने।
उनले सीपयुक्त जनशक्ति उत्पादन, सुरक्षित रोजगारको लागि आफूहरुले योजनाबद्ध रुपमा कामहरु अगाडि बढाउने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो