जाडो बढ्ने

गएको हप्ता देखि सामान्य रहेको तापक्रम यो हप्ताको अन्त्यमा घट्ने भएको छ। कतारको मौसम विभागले मंगलबार देखि उत्तरी वायुको प्रभावको कारण तापक्रममा गिरावट आउने जानकारी दिएको हो।
विभागले सो समयमा देशभरको तापक्रम १७ देखि २५ डिग्री सेल्सियस बीच रहने बताएको छ। हाललाई वर्षाको संभावना भने नरहेको विभागले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
विभागले मौसम अपडेटको लागि आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
46
मनपर्यो
35
खुसी लाग्यो
3
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
3
रीस उठ्यो