चिसो बढेपछि माडी नगरपालिकाले दियो बिदा

चितवन, पुस १४–
चितवनमा अत्यधिक चिसो बढेपछि माडी नगरपालिकाले एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले एक सूचना जारी गर्दै पुस १६ गते एक दिनका लागि माडी नगर भित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जनाएका छन् । भोलि (पुस १५) गते लोसार पर्वको दिन सार्वजनिक बिदा भएकाले वर्षे बिदाबाट कटौती हुने गरी थप एक दिन बिदा दिईएको नगरपालिकाले नगरपालिकाले जनाएको छ ।
यस्तै आज नै भरतपुर महानगरपालिकाले पनि पुस १६ गते सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।
