भोलि देशभर तापक्रम बढ्ने

भोलि देशभर तापक्रम बढ्ने कतार मौसम विभागले जनाएको छ । भोलि दोहाको तापक्रम ३ देखि ५ डिग्रीले बढेर ४५ डिग्री सम्म पुग्ने र मध्ये तथा दक्षिण भूभागमा तापक्रम त्यो भन्दा पनि बढ्ने विभागले आज एक ट्वीटर मार्फत जानकारी दिएको हो ।

गर्मीमा अपनाउनु पर्ने सामान्य सुरक्षाका उपायहरू यस्ता छन् :
१. सिधा घाममा वा बाहिरी क्रियाकलाप सकेसम्म नगर्ने।
२.घाम परावर्तन गर्ने खालको हलुका रङ्गको मात्र कपडा लगाउने।
३.बाहिरी कामदारहरुले बेलाबेलामा छायाँ पर्ने ठाउँमा आराम गर्ने।
४.गर्मीको समयमा बच्चाहरूलाई गाडी भित्र नछोड्ने।
५.धेरै भन्दा धेरै सफा पानी पिउने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो