कोरोना अपडेट : ९१० नयाँ संक्रमित, ३ जनाको मृत्यु

कतारमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गइरहेको छ । फेरी दैनिक जसो ठुलो संख्यामा कोरोना संक्रमित थपिन थालेका छन् ।
आज अप्रिल ५ तारिख सोमवार कतारमा थप ९१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आजको यो तथ्यांक सन २०२१ सालकै उच्च हो ।
देशभरका प्रयोगशालामा १३ हजार ५२१ जनाको नमुना परीक्षण गर्दा ९१० जनामा संक्रमण पुष्टि भएको छ भने ४८९ जना निको भएका छन् त्यस्तै आज थप तीन ४४ ४५ र ५८ बर्षिय नागरिकको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।
आज भाइरस देखिएका मध्ये ७५९ जना स्थानीय र १५१ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै हालसम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,८४,३३४ पुगेको छ ।
आज तीनको मृत्यु भए संगै कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ भने अहिले सम्म कतारमा कोरोना भाइरस लागेर निको हुनेको संख्या १,६६,४४१ रहेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएको र पछील्लो समय बेलायत र साउथ अफ्रीका बाट सुरुभएको दोश्रो लहरका भाईरसका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुँदै गएकाले जनस्वास्थ्यविद्हरुले बताएका छन् ।
बेलायत भेरिएन्ट पहिलाको तुलनामा तीव्र गतिमा फैलने हुँदा घातक बन्न सक्ने चेतावनी जनस्वास्थ्यविद्ले दिएका छन् । बेलायत भेरिएन्ट औसतमा अघिल्लो कोरोना भाइरसभन्दा ६० प्रतिशत तीव्र गतिमा फैलन सक्ने बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको छ । दोस्रो लहरमा संक्रमित भएकामध्ये धेरै लक्षणविहीन छन् ।
त्यसैले कतार सरकारले अघिल्लो शुक्रवारबाट लागुहुने गरी केही क्षेत्रमा थप प्रतिवन्ध लगाएको हो ।
२४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने : १९० जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,७१२ जना
आईसीयुमा भर्ना हुने : ४० जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ४४२ जना
आज सम्म जाँच भएको संख्या : १७,६६,३५४ जना
अझै १७,५८७ जनालाई निको हुन बाँकी ।
आज खोप लगाइएको सँख्या : २३,९९२
हालसम्म खोप लगाइएको कुल सँख्या : ९३,४८४३
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न सकिन्छ ।
यो पनि पढौं
कतारमा मैले कोभिड-१९ को खोप कहिले लाउन पाउँछु ?
अब ४० वर्ष भन्दा माथिका व्यक्तिहरुले खोप लगाउन पाउने