बर्दघाटको कजरिया टायल्समा दुई मजदुरको मृत्युपछि बिरोध प्रदर्शन

मुक्ति तिवारी
नवलपरासी, पुस १७ –
पश्चिम नवलपरासीको बर्दघाटमा दुई जना मजदुरको मृत्यु भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका -१२ भटौलीमा रहेको कजरिया रमेश टायल्स उद्योगमा कार्यरत एक भारतीय र एक नेपाली मजदुरको गए राति मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख अनुपम श्रेष्ठका अनुसार बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगण जिल्लाका ३० वर्षको विनोद कुमारको मृत्यु भएको छ ।
उद्योगको ग्यास फायरमा सुतिरहेको अवस्थामा उनीहरु मृत अवस्थामा फेला परेका थिए । यस्तै, समयमा जानकारी नदिइएको र घटना शंकास्पद भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो