अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा १३ नेपाली कैदीले आममाफी पाएका छन् ।
नेपालको परराष्ट्र मन्त्रालयले वक्तब्य जारि गर्दै अमिरबाट प्रदान गरिएको आममाफीका लागि कतार सरकारप्रति गहिरो आभार प्रकट गरेको छ। सरकारले उक्त क्षमादानलाई मानवीय आधारमा गरिएको उदार निर्णयका रूपमा सराहना गर्दै दुई देशबीचको मित्रता र आपसी सौहार्द अझ सुदृढ हुँदै गएको संकेतका रूपमा लिएको जनाएको छ।
मन्त्रालयका अनुसार नेपाल र कतारबीच श्रम, विकास तथा आपसी सहयोगका क्षेत्रमा रहेको सहकार्य यस प्रकारका सद्भावपूर्ण कदमबाट अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरिएको छ।
Nepal conveys its sincere appreciation to the Government of the State of Qatar for pardoning 13 Nepali citizens on the occasion of the National Day of Qatar and International Human Rights Day.
Read the full press release here: https://t.co/PgaSIFm85e@pmsushilakarki @PM_nepal_…
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) January 1, 2026