भेनेजुएला विवाद समाधानका लागि कतारको आह्वान

कतारले भेनेजुएलामा देखिएका पछिल्ला राजनीतिक तथा सुरक्षा सम्बन्धी घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन र संवादमार्फत विवाद समाधान गर्न आग्रह गरेको छ।

कतारको विदेश मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा भेनेजुएलाको अवस्था क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि चिन्ताको विषय भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा कतारले संयुक्त राष्ट्रसंघको चार्टर तथा अन्तर्राष्ट्रिय कानुनको पूर्ण सम्मान गर्दै शान्तिपूर्ण उपायमार्फत समस्याको समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

कतारले कुनै पनि किसिमको तनाव बढाउने गतिविधिबाट टाढा रहन सबै सम्बन्धित पक्षलाई आह्वान गर्दै वार्ता र कूटनीतिक संवाद नै दिगो समाधानको एकमात्र मार्ग भएको स्पष्ट पारेको छ।

विदेश मन्त्रालयको विज्ञप्तिमा कतारले भेनेजुएलामा शान्ति, स्थिरता र सुरक्षा कायम गर्न लक्षित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रयासहरूमा सक्रिय भूमिका निर्वाह गर्न तयार रहेको पनि जनाएको छ। साथै, कतारले सबै सरोकारवाला पक्षहरूसँग संवादका ढोका खुला राख्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

कतारले लामो समयदेखि अन्तर्राष्ट्रिय विवादहरू शान्तिपूर्ण रूपमा समाधान गर्न कूटनीतिक पहल गर्दै आएको स्मरण गराउँदै, भेनेजुएलाको वर्तमान अवस्था पनि संवाद र सहमतिमार्फत समाधान हुने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button