रास्वपाले थप्यो पदाधिकारी संख्या, रञ्जु दर्शनासहित ७ जना केन्द्रीय सदस्य मनोनित

काठमाडौँ, पुस २०–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी संख्या थप गर्ने निर्णय गरेको छ । एकताबाट आएका नेताहरुलाई समेट्न रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी संख्या थप गर्ने निर्णय गरेको हो ।

रास्वपाले उपसभापति, महामन्त्री, सहमहामन्त्री, सह–प्रवक्ता एक–एक जना थप गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले केहीदिन अघि उज्यालो पार्टी नेपालसंग एकता गर्ने भन्दै वर्तमान सरकारका उर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङलाई उपसभापति दिने लिखित सम्झौता गरेको थियो ।

यस्तै आजै बसेको केन्द्रीय समितिको बैठकबाट पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने, उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने, उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय भएको प्रवक्ता झाले बताए ।

त्यस्तै बैठकले पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्याउन पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने समेत निर्णय गरेको छ । उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय भएको छ ।

त्यस्तै आजैको बैठकले पार्टी समायोजन पश्चात आज ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय गरेको छ । विवेकशील साझाबाट आएका समिक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान र धनेज थापा र रञ्जु दर्शनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरिएको प्रवक्ता झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button