बयानका लागि आयोगले ओलीलाई पत्र काट्यो

काठमाडौं,पुस २०-

भदौ २३ र २४ गतेका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ । आयोग उच्च स्रोतका अनुसार गत शुक्रबार ओलीलाई पत्र पठाएको हो ।

स्रोतले भन्यो, ‘तत्कालीन गृहमन्त्रीको बयान सकिएपछि उहाँलाई बयानका लागि आउन पत्र पठाएका छौं, उहाँ आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’ तर, ओलीले सार्वजनिक रूपमै आयोगप्रति असहमति जनाउँदै बयान दिन नजाने बताउँदै आएका छन् ।

आयोगले तत्कालीन गृहमन्त्री, प्रधानसेनापति, प्रहरीका वर्तमान र पूर्वप्रमुख, सशस्त्र प्रहरीका प्रमुख, काठमाडौंका तत्कालीन सीडीओ, काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख लगायतसँग बयान लिइसकेको छ। आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई पनि लिखित जवाफ पठाउन पत्राचार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button