मुस्तफिजुर रहमान निकालेको रिसमा बंगलादेशद्वारा आईपीएल प्रसारणमा रोक

ढाका ,पुस २१ –

बंगलादेशले आफ्नो देशमा आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) प्रसारणमा प्रतिबन्ध लगाएको छ । बंगलादेशको यस्तो निर्णय तीव्र गतिका आफ्ना देशका बलर मुस्तफिजुर रहमानलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निर्देशनमा निकालेपछि सोमबार आएको हो ।

बंगलादेशको सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा बीसीसीआईले आईपीएल फ्रेन्चाइजी कोलकाता नाइट राइडर्स (केकेआर) लाई २०२६ को खेलाडी सूचीबाट रहमानलाई निकाल्न निर्देशन दिँदा कुनै तार्किक कारण नदिएको उल्लेख छ ।आईपीएलको आईपीएलको १९औं संस्करण मार्च २६ बाट सुरु हुँदै छ ।

सरकारले जारी गरेको सूचनामा भनिएको छ, बीसीसीआईको यस्तो निर्णयको कुनै तार्किक कारण थाहा छैन, र यस्तो निर्णयले बंगलादेशका जनतालाई दुखी, चोट पुऱ्याएको र पीडित बनाएको छ । यस अवस्थामा अर्को सूचना नभएसम्म आईपीएलका सबै खेलहरू र कार्यक्रमहरूको प्रसारण र टेलिकास्टिङ रोक्न आदेशद्वारा अनुरोध गरिन्छ ।

बीसीसीआईका सचिव देवजित साइकियाले रहमानलाई निकाल्ने आदेश घोषणा गर्दा यसको कारण चारैतिरका घटनाक्रमहरूु रहेको भन्दै विशेष कारण खुलाउन अस्वीकार गरेका थिए ।

बीसीसीआईका सचिव देवजित साइकियाले रहमानलाई निकाल्ने आदेश घोषणा गर्दा यसको कारण चारैतिरका घटनाक्रमहरू रहेको भन्दै विशेष कारण खुलाउन अस्वीकार गरेका थिए ।

आईपीएल प्रसारणमा प्रतिबन्ध लगाउने यो कदम बंगलादेशले अर्को महिना हुने टी-२० विश्वकपका लागि भारत यात्रा गर्न अस्वीकार गरेको र आफ्ना सबै लिग खेलहरू सह(आयोजक श्रीलंकामा सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई अनुरोध गरेको एक दिनपछि आएको हो।

गत वर्ष अगस्टमा सरकारविरोधी प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भागेर भारत पुगेपछि भारत(बंगलादेश सम्बन्ध तनावग्रस्त बनेको छ । प्रदर्शनका क्रममा धेरै विद्यार्थी मारिएको घातक दमनमा उनको भूमिकाका लागि उनलाई अनुपस्थितिमा एक न्यायाधीकरणले मृत्युदण्डको सजाय सुनाएको थियो ।

हसिनाको निष्कासनपछि बंगलादेशमा हिन्दुहरूलाई लक्षित गरी हिंसात्मक हमलाहरू भइरहेका छन् । न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button