एमालेका सचिव राई भोजपुरबाट सर्वसम्मत रुपमा सिफारिस

टक्सार (भोजपुर), पुस २२ –

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव शेरधन राई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि गृहजिल्ला भोजपुरबाट सिफारिस हुनुभएको छ ।

एमाले जिल्ला कमिटी भोजपुरको आज बसेको बैठकले सचिव राईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । सचिव राईको विकल्पमा अर्को बलियो उम्मेदवार नदेखिएकाले सर्वसम्मत रुपमा उहाँको नाम सिफारिस गरेको एमाले भोजपुरले स्पष्ट गरेको छ ।

एमाले जिल्ला कमिटीले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने यसअघि नै नाम सिफारिस गरिसकेको जनाएको छ ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् एमाले नेता राईलाई सो पार्टीको आज काठमाडौँमा बसेको सचिवालय बैठकले कोशी प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button