चितवन-३ मा उम्मेदवार बन्न एमालेबाट पूर्व सांसद पार्वती रावलसहित ६ जनाको नाम सिफारिस

चितवन, पुस २२-

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नम्बर–३ चितवनले ६ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिको मगंलबार बसेको बैठकले पार्टी नेताहरुको आकांक्षाको आधारमा उनीहरुको नाम संकलन गरेर जिल्ला कमिटीमा सिफारिस गरेको हो । उम्मेद्वार बन्नका लागि राष्ट्रिय सभा राष्ट्रिय सरोकार समितिकी निवर्तमान सभापति दिलकुमारी रावल पार्वतीदेखि एमाले भरतपुर महानगर अध्यक्ष शंकर थपलियासम्मका नेताले आकांक्षा व्यक्त गरेका छन् ।

यस्तै सुदिप रेग्मी, विजय विक, डोलनाथ अधिकारी (राम) र दिव्य शर्माको नाम अकाक्षिको रुपमा जिल्ला कमिटीमा पठाइएको क्षेत्रीय कमिटी संयोजक सुदिप रेग्मीले जानकारी दिनुभयो । जिल्ला कमिटीले क्षेत्रीय कमिटीबाट आएको नाम छनोट गरेर भोलि प्रदेश कमिटी हुँदै केन्द्रिय कमिटीमा पठाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button