आज एसईईको नतिजा आउने

नेपालको राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गर्ने भएको छ ।
परीक्षा नियन्त्रक कार्यालयका अनुसार आज नेपाली समय दिउँसो ४ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ । नतिजा सार्वजनिक गर्न आज तीन बजे बोर्ड बैठक डाकिएको छ । गत वर्षको एसईई परीक्षामा ७७ वटै जिल्लाका १ हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए ।
एसईईको नतिजा मार्क सिट सहित् यहाँ बाट हेर्न सकिन्छ ।
http://www.see.ntc.net.np/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो